PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हङकङ आन्दोलन : प्रहरीसँग भिडन्तमा बेहोस भएका एक विद्यार्थीको मृत्यु



हङकङ आन्दोलन : प्रहरीसँग भिडन्तमा बेहोस भएका एक विद्यार्थीको मृत्यु
फोटो : AFP/Philip Fong

हङकङमा सरकार विरोधी प्रदर्शनमा बेहोस भएका एक विद्यार्थीको मृत्यु भएको छ। चार महिनादेखि हङकङ सरकार विरुद्ध भएको प्रदर्शनमा विद्यार्थीको मृत्यु भएको यो पहिलो घटना हो।

प्रदर्शनका क्रममा बेहोस भएका २२ वर्षीय एलेक्स चाउ सेज लोक रहेको बताइएको छ। लोक हङकङ युनिभर्सिटी अफ साइन्स अफ टेक्नोलोजीमा कम्पयुटर साइन्स अध्ययन गरिरहेका थिए।

गत सोमबार प्रहरीसँग भएको भिडन्तमा बेहोस भएका लोकलाई लगत्तै अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको दुईपटक सर्जरी गरिएको थियो। अश्रु ग्यास प्रहारका क्रममा घाइते भएका उनलाई कसरी चोट लाग्यो भन्ने बारे सार्वजनिक गरिएको छैन।

करिब चार महिना अघि हङकङ सरकारले संसदमा सुपुदर्गी विधेयक प्रस्तुत गरेको थियो। विधेयक विरुद्धको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिएको थियो। यद्यपि, प्रदर्शनकारीहरुले ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ।

प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell