PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर' बोलको नयाँ गीत सार्वजनिक



'कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर' बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं : भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिएपछि सर्वत्र विरोध भइरहेको छ। सामाजिक सञ्जालदेखि देशभर विभिन्न तह र तप्काका मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।

सीमा मिचिएको विषयलाई लिएर सत्तारुढ दलदेखि प्रतिपक्ष दलका भातृ संगठनसम्म सडकमा उत्रिएका छन्। नेपाली भूभाग मिचेको मान्य नहुने भन्दै उनीहरुले त्यसविरुद्ध कदम चाल्न सरकारमाथि दवाब दिइरहेका छन्।

भारतले सीमा मिचेको विरोधमा नेपाली जनता जागिरहेको अवस्थामा ‘कालापानी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

 

देशप्रेमको भावनाबाट ओतप्रोत गीतमा प्रभावन जेको शब्द र संगीत रहेको छ। गीतमा प्रभावनसँगै सपना गुरुङ, कुमार पौडेल, जीवन बडु, कुमार पौड्याल र विवेक चौलागाईको स्वर रहेको छ।

नविन भट्टको सम्पादन रहेको यस गीतमा जीवन बडुको एरेन्ज तथा मिक्सिङ रहेको छ। उक्त म्युजिक भिडियो डिएआर म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा 'कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर' लगायतका संवादहरु समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell