PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

उपनिर्वाचनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउँछ : प्रचण्ड



उपनिर्वाचनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउँछ : प्रचण्ड
फोटो : रासस।

चिप्लेढुंगा : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपनिर्वाचनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउने बताएका छन्।

ने क पा कास्कीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता  प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले छिन्न भिन्न अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई दुई पार्टी एकताले नयाँ सन्देश दिएको मात्र नभइ देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताए। पार्टी एकिकरणका क्रममा बाँकी रहेका केही कामलाई यही २४ गते भित्र टुंग्याइने गरी लागि परेको पनि उनले बताए।

वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा गतिशिल ढंगले अगाडि बढाइरहेको भन्दै अध्यक्ष दाहालले केरुङ काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्गको विस्तृत अध्ययन भएको र यसलाई सफल बनाएर छाड्ने बताए। पर्यटकीय शहर पोखराको निम्ति यहाँका सम्पूर्ण तालको संरक्षण र सम्बर्द्धनमा विशेष कार्यक्रम आउने तरखरमा रहेको र चक्रपथको आवश्यकतालाई साकार रुप दिने अध्यक्ष दाहालले बताए।

प्रशिक्षण कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले लोकप्रिय नेता रवीन्द्र अधिकारीको गृह जिल्ला फेरि उदाहरणीय बन्नुपर्ने भन्दै सोको लागि विद्या भट्टराईलाई निर्विकल्प उम्मेद्वारको रुपमा पार्टीले अघि सारेको बताए। प्रशिक्षण कार्यक्रममा ने क पा कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह तमुलगायतले बोलेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell