PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

लिम्पियाधुराबाट निस्किएको काली नदी हाम्रो सिमाना हो, कसैले गिद्धेनजर नलगाए हुन्छ : मुख्यमन्त्री पौडेल



लिम्पियाधुराबाट निस्किएको काली नदी हाम्रो सिमाना हो, कसैले गिद्धेनजर नलगाए हुन्छ : मुख्यमन्त्री पौडेल
फोटो : मुख्यमन्त्री डोरमणि पौडेलको फेसबुक।

हेटौँडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो।'

 

यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न संघ संस्थाले आज हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रिय जनसरोकार मञ्च मकवानपुर, नागरिक सरोकार समिति, मकवानपुर जागरण अभियान नेपाल, राष्ट्रिय कर्मचारी महासंघ प्रदेश ३, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलगायतले विरोधजुलुस निकाल्नुका साथै विरोधसभा आयोजना गरेका थिए।

भारतको उक्त कदमको यहाँका विद्यार्थीले पनि विरोध जनाएका छन्। अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो। विद्यार्थीले ‘गो ब्याक इण्डिया’को नारा लगाउँदै नगरपरिक्रमा गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell