PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

१७ औँ चरणको अनशन शुरु गरेका डा केसी अस्पताल भर्ना



१७ औँ चरणको अनशन शुरु गरेका डा केसी अस्पताल भर्ना
फाइल फोटो।

अमरगढी : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

सोमवारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो। डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए। प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताएका छन्। डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए। सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थालेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell