PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

राष्ट्र बैंकले सोमवार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने



राष्ट्र बैंकले सोमवार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमवार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो।

बैंकका अनुसार कूल ९१ दिने अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेरी बिल बिक्री गर्न लागिएको हो। कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ। बैंकले यसअघि यही कात्तिक १८ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell