PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीरगंजमा 'सप्तरंग-२' : धोती र कुर्तामा देखिए राजेश हमाल



वीरगंजमा 'सप्तरंग-२' : धोती र कुर्तामा देखिए राजेश हमाल

वीरगंज : वीरगंजमा शुक्रवार साँझ 'सप्तरंग-२' को सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। जसमा मुख्य आकर्षणको रुपमा महानायक राजेश हमाल देखिए। राजेश सेतो कुर्ता, धोती र गम्छामा सजिएर कार्यक्रममा सहभागी भएका थिए।

उनले साच्चैको राष्ट्रियता र विविधताबीच एकताको सन्देश आफनो पहिरनबाट दिन खोजेको देखिन्थ्यो। गायक प्रकाश सपुतको 'गलबन्दी च्यातियो' बोलको गीतमा पनि उनको बेजोड नृत्य र प्रस्तुतिको दर्शकले मजा लिन पाए।

राजेशले दर्शकको माझमा पनि पुगेर आफना फ्यानसँग हात मिलाउँदै रमाइलो पनि गरेका थिए।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सांगीतिक कार्यक्रमले मुलुकका विभिन्न प्रदेशमा बसोबास गर्ने जनतालाई एकताको सुत्रमा बाँध्न सहयोग पुर्‍याएको बताए।

वीरगंजमा लगातार आयोजित सांगीतिक कार्यक्रमले कलाकर्मीहरुलाई वीरगंजप्रति आकर्षित गरेकोमा खुशी व्यक्त गरे। उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेकपाका नगर अध्यक्ष रहबर अन्सारी, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महानायक राजेश हमाल, गायक सुगम पोखरेल, प्रकाश सपुत, हिमाल सागर, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाल लगायतकाको प्रस्तुति रहेको थियो। 

यसैबीच, वीरगंजमा २ महिना अघि एसिड प्रहारबाट घाइते भई हाल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारत मुस्कान खातुनलाई स्कुटी प्रदान गरिएको छ। स्कुटीको साँचो महानायक राजेश हमालले मुस्कानका बुवालाई प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell