PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

सीमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता : प्रधानमन्त्री ओली



सीमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता : प्रधानमन्त्री ओली
फोटो : प्रधानमन्त्रीको निजी सचिवालय।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज कालापानी क्षेत्रको सीमा विवादको  विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुुन्। बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाएका छन्।

'सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताका साथ कुटनीतिक  रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ', प्रधानमन्त्री ओलीले भने, 'सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ।'

ओली भारतको व्यवहारमा परिवर्तन आएको बताउँदै समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए।

'हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं। त्यसैले यस क्षेत्रका मुलुकहरु यस्ता विवादहरुमा अल्झिनु हुँदैन', प्रधानमन्त्री ओलीले भने, 'त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवाद गर्न समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ।'

प्रधानमन्त्रीओलीले २१ औं शताब्दीमा हिजोका शैली लागू नहुने बताए।

'हिजोका भाषा र शैली स्वीकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन', प्रधानमन्त्री ओलीले भने, 'अब समग्र पक्षको छलफल गरिन्छ। यस बिषयमा सरकार संवदेनशिल छ।'

प्रधानमन्त्री ओलीले हालको सीमा विवादको विषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन पनि निर्देशन दिएका छन्।

'उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्छ', प्रधानमन्त्री ओलीले भने, 'भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell