PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'बाला'ले गर्‍यो आक्रमक ओपनिङ, बन्यो आयुष्मानको करियरकै सार्वधिक ‌ओपनिङ गर्ने फिल्म



'बाला'ले गर्‍यो आक्रमक ओपनिङ, बन्यो आयुष्मानको करियरकै सार्वधिक ‌ओपनिङ गर्ने फिल्म
फोटो : Times of India ।

मुम्बई : अभिनेता आयुष्मान खुराना स्टारर फिल्म 'बाला'ले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरेको छ। शुक्रवारदेखि प्रदर्शनमा आएको सो फिल्मले १० करोड १५ लाख भारतीय रुपैयाँको कमाइ गर्दै आक्रमक ओपनिङ गरेको हो

भारतीय ट्रेण्ड एनालिष्ट तरण आदर्शका अनुसार पहिलो दिन १० करोड १५ लाख भारु कमाइ गरेको यस फिल्मले दोस्रो दिन शनिबार १५ करोड ७३ लाख भारुको व्यापार गरेको छ।

'बाला'लाई आयुष्मानको करियरकै सार्वधिक ‌ओपनिङ गर्ने फिल्मको रुपमा पनि लिइएको छ। अमर कौशिक निर्देशित यस फिल्मले दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा आयुष्मानसँगै यामी गौतम र भूमि पेडनेकरको मुख्य भूमिका रहेको छ। 

'बाला'ले साकारात्मक प्रतिक्रिया पाईरहँदा आयुष्मानले आफ्ना प्रशंसकलाई सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आभार व्यक्त गरेका छन्।

उनले इन्स्टामा एउटा तस्विर पोष्ट गर्दै लेखेका छन्, 'आज यो फिल्म मेरो होइन, तपाईको हो। यो कहानी सिर्फ बालाको होइन, यो कहानी सबै बाला जस्तै सडकमा हिड्ने मानिसहरुको हो। जो सबै आफ्नो अस्तित्वको खोजीमा छन्। मायाको लागि धन्यवाद।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell