PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गठन गर्‍यो अनुगमन समिति



उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गठन गर्‍यो अनुगमन समिति

काठमाडौं: नेपाली कांग्रेसले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि अनुगमन समिति गठन गरेको छ। उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रीय सदस्य रमेश लेखको संयोजनमा ६ सदस्यीय अनुमगन समिति गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ मा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम केसी, अधिवक्ता तेज रावल सदस्य रहेका छन् भने पार्टी कार्यालयका सचिव केशव रिजाल सदस्य सचिव रहेका छन्

अनुगमन समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन, सुरक्षा व्यवस्था पर्याप्त भए नभएको लगायतका विषयमा अनुगमन गर्ने कांग्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell