PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हङकङ आन्दोलन: प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मत्यु



हङकङ आन्दोलन: प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मत्यु

हङकङ सरकार विरुद्ध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।

कालो पहिरनमा मुखमा मास्क लगाएका युवकलाई प्रहरीले बन्दुक ताकेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। सो भिडियो फेसबुकमा लाइभ गरिएको थियो।

यस्तै प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारीपनि घाइते भएको बताइएको छ। छातीमा गोली लागेको सो व्यक्तिको उपचार भइरहेको छ।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै दुई राउन्ड गोली समेत चलाएको थियो। दुईजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

करिब चार महिना अघि हङकङ सरकारले संसदमा सुपुदर्गी विधेयक प्रस्तुत गरेको थियो। त्यसयता हङकङमा दिनहुँ प्रदर्शन भइरहेको छ। विधेयक विरुद्धको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीहरुले आन्दोलन रोकेका छैनन्।

प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।

विधेयक विरुद्ध सुरु भएको आन्दोलनमा अहिले आएर चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ।

प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell