PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीमाको विषयमा भरंग थियौं, भारतको नक्साले तरंग पैदा गर्‍यो : वरिष्ठ नेता खनाल



सीमाको विषयमा भरंग थियौं, भारतको नक्साले तरंग पैदा गर्‍यो : वरिष्ठ नेता खनाल
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता झलनाथ खनालले भारतले जारी गरेको नयाँ नक्साले तरंग पैदा गरेको बताएका छन्। नीति तथा अनुसन्धान प्रतिष्ठान (ने क पा) ले तुल्सी प्रतिष्ठानको भवनमा आयोजना गरेको नेपालको पश्चिममी सीमा र भारतले प्रकाशित गरेको नयाँ नक्सा विषयक वहस कार्यक्रममा खनालले सीमा समस्या इतिहासले छाडेर गएको समस्या भएको पनि बताए।

नेता खनालले भारतले जारी गरेको नक्सामा नेपाली भूभाग भारतमा पर्नुले आश्चर्य पैदा गरेको पनि बताए। नेपालले कसैसँग पनि युद्ध गर्न नचाहेको पनि खनालले बताए।

उनले भने, 'हामीले कसैसँग वार चाहेका छैनौं। यो युद्धको युग पनि होइन। भारतसँग छलफल गरेर समस्या समाधान गर्न चाहन्छौँ।'

उनले इतिहासमा गर्न पुगेका दु:खद सुगौली सन्धि सबैले पढ्न आवश्यक रहेको सुनाए। महाकाली नदीको मुहानको विषयमा पनि गलत कुरा गरिएको उनले बताए। सिमाना रक्षाका लागि गम्भीर बन्नुपर्ने उनको भनाइ छ।

उनले भने, 'सीमाको विषयमा भरंग थियौँ, भारतको नक्साले तरंग पैदा गरेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell