PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म 'लभ डायरिज'को गीतमा देखिने भए 'ट्विनी गर्ल'



फिल्म 'लभ डायरिज'को गीतमा देखिने भए 'ट्विनी गर्ल'

काठमाडौं : शुशिल श्रेष्ठ स्टारर फिल्म 'लभ डायरिज'को रिलिज डेट तय भएको छ। लभ स्टोरी जनारामा निर्माण भएको 'लभ डायरिज'को भ्यालेनटाइन डे अर्थात फागुन २ गते रिलिज हुने निर्माण टिमले जनाएको छ।

यसै फिल्ममार्फत 'टिकटक'बाट उदाएका जुम्ल्याहा दिदीबहिनी प्रिष्मा र प्रिन्सी पनि पहिलो पटक फिल्मको गीतमा देखिएका छन्। यसअघि उनीहरुले केही म्युजिक भिडियोमा अभिनय गरेका थिए। प्रिष्मा र प्रिन्सी टिकटिकबाट नै चर्चामा आएका थिए। 

छायांकन अन्तर्गत रहेको अन्तिम गीतको आइतवार काठमाडौंको ह्यात होटलमा छायांकन गरिएको छ। सौरभ चौधरी निर्देशित यस फिल्ममा शुशिल श्रेष्ठसँगै रुबिना र विश्वजित मुख्य भूमिकामा छन्।

मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्ममा विनोद सापकोटा निर्माता र सरोज तुलाधरको सह निर्माता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell