PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

बनेपाबाट नेपालथोक जाँदै गरेको बस दुर्घटना



बनेपाबाट नेपालथोक जाँदै गरेको बस दुर्घटना

काठमाडौं: काभ्रेमा बस दुर्घटना भएको छ। बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना भएको हो। नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए। 

बसमा सवार २० जना यात्रु घाइते भएका छन्। 'हामीले सबै यात्रुको उद्धार गरिसकेका छौं। केही गम्भीर घाइते भएका छन्,' एसपी सापकोटाले भने। बस सडकबाट करिब सय मिटर तल खसेको थियो।

[अपडेट] काभ्रे बस दुर्घटना : एक ६५ वर्षीय बृद्धको मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell