PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वामदेवले सम्झे पुराना दिन : महाकाली सन्धीबारे कुरा उठाउँदा आफैँले बनाएको पार्टी छाडेर हिड्नुपर्‍यो



वामदेवले सम्झे पुराना दिन : महाकाली सन्धीबारे कुरा उठाउँदा आफैँले बनाएको पार्टी छाडेर हिड्नुपर्‍यो
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले २२ वर्षअघि एमाले/माले विभाजनको क्षण स्मरण गरे। 

आज पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले तुलसीलाल स्मृति प्रतिष्ठानकोमा आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक बहस कार्यक्रममा गौतमले २०५४ आफूले एकीकृत महाकाली सन्धीका बिषयमा कुरा उठाउँदा आफैँले बनाएको पार्टीबाट निष्कासित हुनुपरेको दुखेसो गरे। 

 '२०५४ सालमा महाकाली एकीकृत सन्धी गर्नु हुँदैन भनेर आवाज उठायौं। तर एकीकृत सन्धीको विरोध गर्दा पार्टी छोडेर हिड्नुपर्यो। चार वर्ष अलग पार्टी (माले) खोल्यौं। फेरि एमालेमै सङ्घर्ष गर्ने भनेर फर्कियौं।' 

त्यसपछि सीमा अतिक्रमणको विषयमा पार्टीमा कुनै पनि बहस हुन नसेकेको उनले बताए। गौतमले भारतले जारी गरेको नक्सापछि यो विययमा राष्ट्रिय एकता जुटेको उनको भनाइ थियो। सीमा विवादको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने पनि बताए। सरकार नै सीमा अतिक्रमणका विषयमा लागेकाले मसाल, जलुस आवश्यक नरहेको उनको भनाइ थियो।

उनले तत्काल नै नेपालले नक्सा जारी गर्नुपर्ने बताए। उनले भने, 'हामीले कति समय विदेशीले बनाएको नक्साबाट चल्ने। तत्काल नै नयाँ नक्सा निकाल्नुपर्छ। यसमा डराउनुपर्ने अवस्था छैन।'

गौतमले सीमा अधिक्रमण गरेर बसेका सेनालाई हटाउनुपर्ने पनि बताए। उनले भने, 'भूमि दिएको भए पो फिर्ता गर्ने। भूमि  फिर्ता गर्ने होइन आफ्नो भूमि समेटेर नक्सा निकाल्नुपर्छ र त्यहाँबाट सेना हटाउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell