PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारलाई चुनाव चिह्न प्रदान



उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारलाई चुनाव चिह्न प्रदान

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नम्बर २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) र दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ।

कास्की क्षेत्र नम्बर २ का लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ। यस्तै भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ उम्मेद्वारलाई चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

यस्तै बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि उम्मेद्वारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका ८ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नम्बर २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेद्वारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेद्वारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेद्वारलाई कानूनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए। उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेद्वार प्रतिस्पर्धामा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell