PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सिडिओ कार्यालयले धरौटीमा छोड्न आदेश दिए पनि 'हाइप्रोफाइल' जुवाडे रातभर हिरासतमा



सिडिओ कार्यालयले धरौटीमा छोड्न आदेश दिए पनि 'हाइप्रोफाइल' जुवाडे रातभर हिरासतमा
फाइल फोटो।

काठमाडौं : लक्ष्मी पूजाको अघिल्लो रात महाराजगञ्जबाट पक्राउ परेका 'हाइप्रोफाइल' जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएपनि रातभर हिरासतमा नै बसेका छन्।

सोमवार सिडिओ कार्यालयले रिहा गर्न आदेश दिए लगत्तै नियन्त्रणमा लिएर हिरासतमा लगेको थियो।

'अहिलेसम्म उनीहरु हिरासतमा नै छैन्। तर सिडिओ कार्यालयले धरौटीमा छोड्न आदेश दिइसकेको छ,' महागरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने।

२५ जना जुवाडेलाई सम्पति सुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराउनु पर्ने भएकाले प्रहरीले रिहापछि पनि नियन्त्रणमा लिएको हो।

'आदेश आउँदा अबेर भइसकेको थियो। विभागमा बुझाउने अवस्था थिएन त्यसैले हिरासतमा राख्नु परेको हो,' डिएसपी लम्सालले भने।

प्रहरीले महानगरको वडा नम्बर ३ पीपल मार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा २५ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी टोलीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ पनि जफत गरेको थियो।

पक्राउ परेकामध्ये ६ जनाले बन्दी प्रत्यक्षीकरण निवेदन दिएका थिए। पवित्रकुमार कार्की, बलराम सापकोटा, विक्रम गौतम (घरधनी), श्रवणकुमार गोयल, पवनकुमार गुप्ता र मुक्ति लामाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सुनवाइ नै गरेन। प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई आज सम्पति सुद्धिकरण अनुसन्धान विभागमा बुझाउँदै छ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार पहिलो पटक तीन महिना जेल सजायदेखि ३० हजार जरिवाना र दोस्रो पटक जुवा खेलेको भेटिएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै जुवा खेल्न घर, कोठा र सम्पत्ति दिएमा पनि जुवा खेलेसरह कारबाही हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell