PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकाका पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना



अमेरिकाका पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना
फोटो: pbs.org

वासिङ्टन :  अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ।

अमेरिकाका पूर्व राष्ट्रपतिहरूमध्ये सबैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ।

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएको चिकित्सकहरुले बताएका छन्।

यसअघि उनलाई अक्टोबर २२ मा पनि अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनी जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए।

अमेरिकाको ३९ औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell