PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चौकीमा बम प्रहार गर्ने एक जना भारतीय नागरिक पक्राउ



चौकीमा बम प्रहार गर्ने एक जना भारतीय नागरिक पक्राउ

रौतहट : ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीयामा सुतली बम प्रहार गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमार रहेका छन्। कुमारले सो चौकीमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलवार दिउँसो सुतली बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले सुतली बम प्रहार गरी फरार भएका थिए। उक्त प्रहरी चौकीको प्रहरी टोलीले उनीहरुलाई पिछा गर्ने क्रममा चौकीदेखि करिव १ किलोमिटर दक्षिण नेपाल-भारत सीमा नजिकबाट मोटरसाइकलका चालक कुमारलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको छ। बमले लागेर चौकी नजिकै चौरमा चरिरहेको एउटा बाख्रा मरेको प्रहरीले बताएको छ।

घटनामा संलग्न अर्का व्यक्ति फरार रहेको र प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell