PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ऋतिक रोशनको 'डाइहार्ट फ्यान' भएकै कारण अमेरिकी युवकले गरे श्रीमतीको हत्या



ऋतिक रोशनको 'डाइहार्ट फ्यान' भएकै कारण अमेरिकी युवकले गरे श्रीमतीको हत्या

न्यूयोर्क : अमेरिकामा ३३ वर्षीय एक युवकले आफ्नी श्रीमतीको हत्या गरे पश्चात आफू पनि झुन्डिएर आत्महत्या गरेका छन्। युवकको श्रीमती बलिउड अभिनेता ऋतिक रोशनको 'डाइहार्ट फ्यान' भएकै कारणले नै उनको हत्या गरिएको द न्यूयोर्क पोस्टले उल्लेख गरेको छ

दिनेश्वर बुद्धिदत न्युयोर्क स्थित क्वींसमा बस्थे। उनीहरु चार महिना पहिले २०१९ जुलाईमा विवाह बन्धनमा बाँधिएका थिए। दिनेश्वरले श्रीमती डोने डोज्वायलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन्। श्रीमतीको हत्या पश्चात उनले आफ्नो सालीलाई मेसेज गरेर डोनेको हत्याको बारेमा बताएका थिए। साथै उनले घरको चाबी गमलाको तल राखेको समेत सालीलाई जानकारी गराएका थिए।

अनुसन्धानको क्रममा श्रीमती डोनेको ५२ वर्षीया साथीले उनी ऋतिक रोशनको 'डाइहार्ट फ्यान' रहेको खुलाइन्। उनी ऋतिकको हरेक फिल्म नछुटाइ हेर्न जान्थिन्। तर उनले ऋतिकको फिल्म हेर्न गएको दिनेश्वरलाई मन पर्दैन थियो।

डोने बार टेन्डर थिइन र जेमिनी अल्ट्र लाउन्जमा काम गर्थिन्। उनीले पटक पटक श्रीमतीमाथी घरेलु हिंसा गर्दै आएका थिए। २१ अगस्टमा दिनेश्वरले श्रीमतीलाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीले उनलाई गिरफ्तार समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell