PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेकपा अध्यक्ष प्रचण्डले भेटे बंगलादेशका राष्ट्रपति हमिद



नेकपा अध्यक्ष प्रचण्डले भेटे बंगलादेशका राष्ट्रपति हमिद
फोटो: facebook.com/prachanda

काठमाडौं :  चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। हमिदलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका हुन्। अध्यक्ष दाहालसँग भौतिक पूर्वाधार मन्त्री रघुरवीर महासेठ, नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाललगायत सहभागी थिए।

भेटमा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनेबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
 
प्रचण्डभन्दा पहिले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले हमिदलाई भेटेका थिए। यसै गरी आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ।

आजै हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell