PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'इमर्जिङ टिम्स एसिया कप'को ट्रोफी सार्वजनिक



'इमर्जिङ टिम्स एसिया कप'को ट्रोफी सार्वजनिक
फोटो : एसियन क्रिकेट काउन्सिल।

काठमाडौं : चौँथो संस्करणको एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ को ट्रोफी सार्वजनिक गरिएको छ। बंगलादेशमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगिताको ट्रोफी आठ राष्ट्रका कप्तानहरुको सहभागितामा मंगलवार सार्वजनिक गरिएको हो।

सो कार्यक्रममा सामी उल्लाह शेनवारी, नाजमुल होसेन शेन्टो, मोहम्मद एजाज खान, बेलुर रवि शरथ, ज्ञानेन्द्र मल्ल, स्येद आमिर कलीम, साउद शकील र चारिथ असालंका क्रमशः अफ्गानिस्तान, बंगलादेश, हङकङ, भारत, नेपाल, ओमान, पाकिस्तान र श्रीलंकाका कप्तानको सहभागिता रहेको थियो।

सो प्रतियोगितामा पाँच टेस्ट राष्ट्र र तीन आइसिसीका एसोसियट्स राष्ट्रहरु सहभागिता रहनेछ। प्रतियोगितामा आठ राष्ट्रहरु दुई समूहमा रहेर उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन्।

समूह 'ए'मा डिफेन्डिङ च्याम्पियन श्रीलंका, पाकिस्तान, अफ्गानिस्तान र ओमान रहेका छन् भने समूह 'बी'मा बंगलादेश, भारत, हङकङ र नेपाल रहेका छन्।

दुवै समूहबाट उत्कृष्ट दुई टिम सेमिफाइनलमा पुग्नेछन् जुन नोभेम्बर २० र २१ मा हुनेछ। मिरपुरस्थित शेर-ए-बंगला नेशनल स्टेडियममा सेमिफाइनल र फाइनलका खेलहरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell