PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'लिभिङ टुगेदर'मा सुशान्त र रिया 



'लिभिङ टुगेदर'मा सुशान्त र रिया 
फोटो : desimartini.com ।

मुम्बई : अभिनेता सुशान्त सिंह राजपुत र रिया चक्रवर्ती प्रेममा छन्। तर उनीहरु दुबै आफू सिंगल रहेको बताँउदै आएका छन्।

प्राय जसो हरेक इभेन्टमा एकसाथ देखिदै आएका सुशान्त र रिया बेला बखतमा लुकीलुकी छुट्टी मनाउन विदेश समेत पुग्ने गर्दछन्। हालै सुशान्त प्रेमिका रियाको घरमा 'सिफ्ट' भएका छन्। उनी एक हप्ता पहिले मात्र बान्द्रास्थित रियाको घरमा सरेका हुन्। 

अहिले उनीहरु 'लिभिङ टुगेदर रिलेसनसिप'मा रहेको चर्चा भारतीय मिडियामा छाएको छ। यसअघि उनी टिभी एक्ट्रेस अंकिता लोखन्डेसँग प्रेममा थिए।

त्यसपछि उनी अभिनेत्री कृति सेननसँग पनि प्रेम सम्बन्धमा भएको चर्चा चलेको थियो। तर उनीहरुको प्रेम लामो समय टिक्न सकेन। त्यस्तै उनको नाम अभिनेत्री साराअलि खानसँग पनि जोडिएको थियो। सारा र सुशान्तले फिल्म केदारनाथमा एउटै स्क्रिन शेयर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell