PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दश हजार भारुमा बेचिइन् बालिका : बन्धक बनाई प्रयोग गरियो वयस्क बनाउने सुई र औषधि



दश हजार भारुमा बेचिइन् बालिका : बन्धक बनाई प्रयोग गरियो वयस्क बनाउने सुई र औषधि

काठमाडौं: बालिकालाई बन्धक बनाइ भारतमा लगेर बिक्री गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मानव बेचविखन ब्युरोबाट खटिएका टोलीले बुधवार नुवाकोट  सुर्यगढी गाउँपालिका वडा ६ घर भएकी ५० की कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामालाई नियन्त्रणमा लिएको हो।

उनले २०६८ माघमा आफ्नो नजिकको नाता पर्ने एक बालिकालाई भारतमा लगेर बिक्री गरेको प्रहरीको अनसन्धानमा खुलेको छ। आर्थिक अवस्था कमजोर भएकी र काठमाडौंको एक होटलमा काम गर्दै आएकी बालिकालाई ललाइफकाइ भारत पुर्‍याएकी थिइन्।

उनले भारतसम्म लग्नको लागि बसमा वान्ता रोक्ने ‍औषधी भन्दै लठ्ठाउने ‍औषधी खुवाएकी थिइन्। उनलाई भारतको मधुवन पुर्‍याइएको थियो।

भोलिपल्ट लामाले बालिकालाई भारतमा रहेको एक कोठीका सञ्चालकहरु लक्ष्मी र हेमा नाम गरेका महिलाई बालिका बिक्री गरी भारतीय १० हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको हो। त्यसपछि उनीहरुले १५ वर्षीया बालिकालाई करिब एक महिना कोठामा बन्धक बनाई राखेका थिए। ती बालिकालाई युवती बनाउन प्रयोग गरिने सुई र औषधीसमेत प्रयोग गरिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।  

त्यसपछि उनीहरुले भारतको नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई बर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनधन्दामा लगाएको प्रहरीले जनाएको छ। ती बालिकालाई कोठीमा ग्राहक बनेर पुगेका एक युवकले उद्धार गरेका थिए। घटनामा संलग्न नुवाकोट सूर्यगढी गाउँपालिका वडा  ६ का ४२ वर्षीय शेरबहादुर लामा फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell