PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काबुलमा विस्फोट : सात जनाको मृत्यु



काबुलमा विस्फोट : सात जनाको मृत्यु
फोटो : AP

काबुल : अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा सात जनाको मृत्यु भएको छ। बुधबार बिहान भएको विस्फोटमा सात जना घाइते भएको छन्।

 अफगानिस्तानको गृह मन्त्रालय भवन पछाडिको सडकमा रहेको सशस्त्र फौजको गाडीलाई लक्षित गरि आत्मघाती कार बम आक्रमण गराइएको बताइएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले बताएका छन्।

विस्फोटका कारण भवन, पसल र सवारी साधनमा समेत क्षति पुगेको बताइएको छ। सुरक्षाकर्मीले विस्फोट भएको स्थलमा अनुसन्धान गरिरहेको छ।

आक्रमणको जिम्मा हालसम्म कुनै समूहले नलिएपनि यसमा तालिवानको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell