PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महाभियोग अन्तर्गत भएको सार्वजनिक सुनुवाइ ठट्टा जस्तो : ट्रम्प



महाभियोग अन्तर्गत भएको सार्वजनिक सुनुवाइ ठट्टा जस्तो : ट्रम्प
फोटो : Carolyn Kaster/AP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव अन्तर्गत सार्वजनिक सुनुवाइ सुरु भएको छ। बुधवारबाट भएको पहिलो सार्वजनिक सुनुवाइलाई भने ट्रम्पले ठट्टाको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ।

सुनुवाइका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले युक्रेनसँगको सम्बन्धका बारेमा बोलेका थिए। उनले आफ्ना प्रतिद्वन्दी जो बाइडनमाथि युक्रेनलाई अनुसन्धान गर्न ट्रम्प केन्द्रित रहेको बताएका थिए। ट्रम्पमाथि युक्रेनका समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाब दिएको आरोप लाग्दै आएको छ।

यस सुनुवाइबाट अमेरिकी राष्ट्रपति ट्रम्पमाथि थप दबाब बढ्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell