PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपाप्रति समाजवादीको नजर : नैतिक रुपमा स्खलित, उठ्नै नसक्ने गरी पतनको दिशामा



नेकपाप्रति समाजवादीको नजर : नैतिक रुपमा स्खलित, उठ्नै नसक्ने गरी पतनको दिशामा

काठमाडौं: सत्तारुढ समाजवादी पार्टीले राजनैतिक दलहरुप्रतिको आफ्नो धारणा सार्वजनिक गरेको छ। आजबाट सुरु भएको समाजवादी पार्टीको संघीय परिषद् बैठकमा समाजवादी पार्टीले सत्तारुढ नेकपालाई संसदवादी र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा आग्रसर भएको आरोप लगाएको छ। 

त्यसैगरी उसले नेकपा प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको उल्लेख गरेको छ।

‘कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण’ नाममा नेकपा नेपाली कांग्रेसजस्तै औपचारिक–प्रतिनिधिमुलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको छ। नेकपाले आफूलाई समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा उभ्याएको आरोपसमेत राजनीतिक प्रतिवेदनमा लगाइएको छ। 

समाजवादीले नेकपा नैतिक रुपमा स्खलित भएको तथा पतनको दिशामा रहेको टिप्पणी समेत गरेको छ। 

'नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन। आउँदा केही बर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ,' उक्त प्रतिवेदनमा थप भनिएको छ, 'नेकपाको राजनीतिक व्यवहार र नेकपाले संचालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ। यो पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिक पतनका घटनामा लज्जास्पद ढंगले उदांगिदैछ।' 

नेपालको कम्युनिस्ट आन्दोलन कुहिराको काग जस्तै भएको टिप्पणी उक्त राजनैतिक प्रतिवेदनमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell