PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद्को बैठक, सचिवालयको नयाँ नियुक्ति हुन सक्ने



प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद्को बैठक, सचिवालयको नयाँ नियुक्ति हुन सक्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री सचिवालयको नयाँ नियुक्ति हुन सक्ने स्रोतले जनाएको छ। 

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत गरिसकेको बुझिएको छ।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामसरण बजगाईँ लगायत यथावत रहेका छन्।

गत शुक्रबार प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए। सचिवालय सदस्यहरुले मंसिर १ गतेबाट लागु हुनेगरी राजीनामा दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell