PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली आज पनि पुगे ग्रान्डी, भयो तेस्रोपटक डायलासिस



प्रधानमन्त्री ओली आज पनि पुगे ग्रान्डी, भयो तेस्रोपटक डायलासिस
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज ग्रान्डी अस्पताल पुगेका छन्। मिर्गौलाको नियमित उपचारका लागि ओली अस्पताल पुगेको अस्पतालले जनाएको छ। 

ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको होमोडायलासिस गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री केपी शर्मा ओली यस अस्पतालमा आज नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनु भएको छ र उहाँकै आज पुन होमोडायलसिस सम्पन्न भएको छ। हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ।'

प्रधानमन्त्री ओली उपचारपछि आजै बालुवाटार फर्किने अस्पतालले जनाएको छ।

गत भदौमा प्रधानमन्त्री ओलीले सिंगापुरमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट मृगौला सम्बन्धी एन्टीबडीलाई निवारण गर्ने गरी उपचार गरी फर्किएका थिए। त्यसपछि केही महिनाअघि प्रधानमन्त्री ओलीले टिचिङ अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका थिए।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक १३ गते ग्रान्डी अस्पतालमा पहिलोपटक भर्ना भएका उनलाई सोही दिन र भोलिपल्ट डायलसिस गरिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell