दिल्ली यतिखेर प्रदूषणको मारमा छ। 'ग्यास चेम्बर' बनेको दिल्लीमा विद्यालय बन्द छन्। बालबालिकालाई प्रदूषणबाट बच्न राज्य सरकारले नै मास्क वितरण गरिरहेको छ। दिल्लीमा बढ्दै गएको प्रदूषण बारे शुक्रवार संसदको शहरी विकास समितिको बैठक बोलाइएको थियो। तर, दिल्लीबाट लोकसभामा प्रतिनिधित्व गर्ने गौतम गम्भीर भने बैठकमा उपस्थित भएनन्। नभेम्बर १५ मा बोलाइएको बैठक रद्द गरिएको थियो।
सोही दिन क्रिकेटर समेत रहेका गम्भीर अरु क्रिकेटरसँग जेरी खाँदै गरेको तस्विर बाहिरियो। भिभिएस लक्ष्मणले गम्भीरसँगै जेरी खाँदै गरेको तस्विर ट्वीट गरेपछि गौतमको आलोचना भएको थियो।
Kabhi pohe se teekhe, kabhi jalebi se meethe ... wonderful start to the day in Indoor, where we had breakfast outdoor 😛 pic.twitter.com/DxIPtNqYi7
— VVS Laxman (@VVSLaxman281) November 15, 2019
गौतमले सांसदको रुपमा आफ्नो दायित्व पूरा नगरेको भन्दै आइतवार दिल्लीभर विरोध स्वरुप 'लापता' लेखिएको गम्भीरको तस्विर टाँसिएको छ।
पोस्टरमा लेखिएको छ,'लापता, के तपाईले यि व्यक्तिलाई देख्नु भएको छ? पछिल्लो पटक उनलाई इंदौरमा जेरी खाँदै गरेको अवस्थामा देखिएको थियो। पूरा दिल्ली उनलाई खोजिरहेको छ।'
गम्भीर टेस्ट खेलमा कमेन्ट्री गर्न इंदौर पुगेका थिए। त्यसैका कारण उनले संसदीय समितिको बैठकमा सहभागी भएनन्।
आलोचना बढ्दै गएपछि गम्भीरले ट्वीट गर्दै लेखे,' यदि मलाई गाली गरेर दिल्लीमा प्रदूषण घट्छ भने मलाई गाली गरिरहनु। मेरो संसदीय क्षेत्र र शहर प्रति मेरो प्रतिबद्धता त्यहाँ भएका कामबाट गरिनुपर्छ। मैले गएको ६ महिनामा मेरो मतदाताहरुलाई सर्वश्रेष्ठ काम गरेर दिन कुनै कसर बांकी छोडेको छैन।'
My work will speak for itself!
— Gautam Gambhir (@GautamGambhir) November 15, 2019
P.S. Agar mujhe gaali dene se Dilli ka pollution kam hoga to AAP jee bhar ke gaali dijiye. cc: Trolls pic.twitter.com/bRyYoFB02c
तर, गम्भीरले दिएको उत्तर चित्तबुझ्दो नभएको र उनले दिल्ली प्रतिको वाचा पूरा नगरेको भन्दै अहिले दिल्ली भर उनको आलोचना भइरहेको छ।