PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

रानुको 'फुल मेकअप' तस्विर बन्यो सामाजिक सञ्जालमा ट्रोल



रानुको 'फुल मेकअप' तस्विर बन्यो सामाजिक सञ्जालमा ट्रोल

मुम्बई : भारतको रेलवे स्टेशनमा गायिका लता मंगेश्करको 'प्यारका एक नगमा हे' बोलको गीत गाएर चर्चामा आएकी रानु मण्डल फेरी सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन्

हालै एक इभेन्टका दौरान 'फुल मेकअप'मा देखिएकी रानुको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

मेकअपको कारण रानु सामाजिक सञ्जालमा मजाकको पात्र समेत बनेकी छिन्। उनको तस्विरलाई लिएर सामाजिक सञ्जालमा थुप्रै 'ट्रोल'हरु बनिरहेका छन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले रानुको मेकअप गरेको र नगरेको दुईवटा तस्विरको तुलना गर्दै लेखेका छन्, 'कपडा धुनु अघि र कपडा धोइसकेपछि।'

 

त्यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, 'रानु पाउडर, पाउनुस तुरुन्त निख्खार गोरोपन।'

 

अर्का प्रयोगकर्ताले पनि व्यङ्ग्य गर्दै लेखेका छन्, 'रानुको मेकअप मेरो भविष्य भन्दा पनि चम्कलो छ।'

 

त्यसो त रानु ससानो कुराले पनि विवादमा फस्ने गरेकी छिन्। केही दिन अघि उनले आफ्ना फ्यानलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै विवादमा फसेकी थिइन्।

रानुलाई गायक हिमेश रेशमियाले केही समयअघि फिल्मको गीत गाउने मौका दिएका थिए। फिल्मको गीत गाएसँगै उनको चर्चा अझ चुलिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell