PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टी-१० लिग : अबुधावीको जितमा पारसको १ रनको योगदान, सन्दीपको २ विकेटको बावजुत हार्‍यो कर्नाटक



टी-१० लिग : अबुधावीको जितमा पारसको १ रनको योगदान, सन्दीपको २ विकेटको बावजुत हार्‍यो कर्नाटक

युएइमा जारी टी-१० लिगमा नेपाली पूर्वकप्तान पारस खड्का सम्मिलित अबुधावीले आज पहिलो जित निकालेको छ। आज साँझ भएको खेलमा अबुधावीले नर्दन वारियर्सलाई छ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

वारियर्सले दिएको ९३ रनको लक्ष्य अबुधावीले ८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो। अबुधावीको जितमा लुक राइटले सर्वाधिक ४८ रन तथा कप्तान मोइन अलीले ३० रन जोडे। खडका भने १ बलमा १ रन बनाउँदै अभिजित रहे।

खड्काले यस अघि टी-१० को उनको डेभ्यु खेलमा ३ बलमा ३ रन बनाउँदै अभिजित रहेका थिए।

त्यस्तै अर्को खेलमा सन्दीप लामिछाने आबद्ध कर्नाटकले पहिलो हार बेहोरेको छ। आज साँझ भएको खेलमा कर्नाटक बंगला टाइगरर्ससँग ५ विकेटले पराजित भएको हो। ११४ रनको लक्ष्य दिएको कर्नाटकलाई बंगला टाइगरर्सले ८ दशमलव ५ ओभरमा भेट्टाएको थियो।

बंगला टाइगर्सको जितमा अन्द्रे फ्लिटचरले १५ बलमा १ चौका र ५ छक्काको सहायताले ४० रन बनाएका थिए।

व्यक्तिगत रुपमा सन्दीपले उत्कृष्ट बलिङ गरे पनि त्यो जितका लागि पर्याप्त भएन। सन्दीपले २ ओभरमा ९ रन दिँदै महत्वपूर्ण २ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell