PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

साहित्यकार कसजू गम्भीर बिरामी, दुई हप्ता यता मेडिसिटीमा उपचाररत



साहित्यकार कसजू गम्भीर बिरामी, दुई हप्ता यता मेडिसिटीमा उपचाररत

काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजू मेडिसिटी अस्पतालमा उपचाररत छन्। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो। 

स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको उनका छोरा दीपंकर कसजुले बताए। क्रिटकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा हाल स्वास्थ्यमा सुधार आएको उनले जनाए। ८ दिनसम्म आइसियूमा भेन्टिलेटर राखेर उपचार गरेका कसजूको स्वास्थ्यमा सुधार देखिएपछि भेन्टिलेटर हटाइएको छ।

डायलसिस गर्नुपर्ने भएकोले आइसियूमै राख्नुपर्ने भएको अस्पतालले जनायो। 

सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत हुन्। नेपाली भाषा साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रका पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय छन्।

बाल साहित्यतर्फ कसजूका ५० बढी कृति प्रकाशित छन्। भने सयौं बाल कृतिहरु सम्पादन गरिसकेका छन्। प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समितिमा सञ्चालक समिति सदस्य समेत रहेका कसजु ७२ वर्षका छन्।

पछिल्लो समय बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका सल्लाहकार रहेका उनी यही संस्थामा सक्रिय छन्। संस्थाले आज प्रेस विज्ञप्ति जारी गर्दै कसजूको स्वास्थ्य लाभको कामनासमेत गरेको छ। अध्यक्ष प्रमोद प्रधानद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विभिन्न क्षेत्रमा लामो समयसम्म सेवा गर्नुभएका कसजूको बालवाङ्मय तथा अनुसन्धान केन्द्र शीघ्र स्वास्थलाभको कामना गर्दै उहाँको उपचारमा संलग्न अस्पताल र चिकित्सकहरुप्रति आभार व्यक्त गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell