PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

ट्रम्पले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न अनुचित आग्रह गरे : ह्वाइट हाउसका कर्णेल



ट्रम्पले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न अनुचित आग्रह गरे : ह्वाइट हाउसका कर्णेल
फोटो:BBC

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रक्रिया स्वरुप अहिले सार्वजनिक सुनुवाइ भइहेको छ।

मंगलवार भएको सुनुवाइका क्रममा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का युक्रेन हेर्ने लेफ्टिनेन्ट कर्णेल एलेक्जेन्डर भिन्डमनले ट्रम्पले अमेरिकी राष्ट्रपति पदका प्रतिद्वन्दी जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीसँग आग्रह गरेको बताएका छन्। उनले ट्रम्पको सो कदम अनुचित भएको समेत बताएका छन्।

ह्वाइट हाउसले भने आफ्नै अधिकारीले दिएको अभिव्यक्ति प्रति आश्चर्य व्यक्त गरेको छ।

गत बुधवारबाट भएको पहिलो सार्वजनिक सुनुवाइलाई भने ट्रम्पले ठट्टाको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको थियो। सुनुवाइका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले बाइडनमाथि युक्रेनलाई अनुसन्धान गर्न ट्रम्प केन्द्रित रहेको बताएका थिए। ट्रम्पमाथि युक्रेनका समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाब दिएको आरोप लाग्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell