PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'सेल्फी किङ'को पोस्टर 'जोकर'सँग मिलेकै हो? यसो भन्छन् निर्माता



'सेल्फी किङ'को पोस्टर 'जोकर'सँग मिलेकै हो? यसो भन्छन् निर्माता

काठमाडौं: मंगलबार रिलिज भएको फिल्म 'सेल्फी किङ'को पोस्टर विवादमा तानिएको छ। अभिनेता विपिन कार्की फिचर्ड पोस्टर हलिउड फिल्‍म 'जोकर' प्रभावित भएको आरोप लागेको हो। जसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भए। फिल्म जोकरको पोस्टरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न समेत गरेका छन्। 

सार्वजनिक पोस्टरमा विपिन कार्की बिग्रिएको मेकअपसहित प्रस्तुत छन्। जसमा उनले आँखामा लगाएको गाजल बिग्रिएको छ र लिपस्टिक समेत लगाएका छन्। उक्त पोस्टरको आलोचना भइँरहदा निर्माता दिनेश राउतले फेसबुकमार्फत प्रष्टिकरण दिएका छन्। 

उनले पोस्टमा विपिन कार्की फिल्ममा कमेडी भूमिकामा रहेको र पोस्टरले सोही झल्को दिने बताएका हुन्। उनले लेखेका छन्, ' फिल्म सेल्फी किङको फस्ट लुक पोस्टरप्रति तपाईँहरु सबैले देखाउनु भएको नकारात्मक र सकारात्मक प्रतिक्रियाप्रति हामी आभारी छौं। पोस्टरमा विपिन कार्की हाम्रो कल्पनाको कमेडी पात्रको गेटअप अनि मेकअपमा छन्।' पोस्टर कपी पेस्ट हो वा आफ्नै पहिलो निर्माण हो भन्ने बारेमा भने खुलाइएको छैन। यसो त राउतले पोस्टर उस्तै हुन गएको भन्ने भनाईसमेत राखेका छैनन्।

विपिन कार्कीको मुख्य भूमिकामा रहेको यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। 

'सेल्फी किङ'ले कलाकारको कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ। यो फिल्म माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell