PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सीमा अतिक्रमणविरुद्ध जर्मनीस्थित भारतीय कन्सुलेट अफिस अगाडि विरोध प्रदर्शन



सीमा अतिक्रमणविरुद्ध जर्मनीस्थित भारतीय कन्सुलेट अफिस अगाडि विरोध प्रदर्शन

फ्र्यांकफर्ट : जर्मनीमा रहेका प्रवासी नेपालीहरुले जर्मनीस्थित भारतीय कन्सुलेट अफिस अगाडि विरोध प्रदर्शन गरेका छन्।

प्रवासी नेपाली एकता मन्च जर्मनी र नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीको संयुक्त आयोजनामा भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्धमा भारतीय कन्सुलेट अगाडि विरोध प्रदर्शन भएको हो।

उक्त विरोध प्रदर्शनमा जर्मनीका विभिन्न शहरबाट नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदर्शनमा सहभागीहरुले 'नेपाली एकता जिन्दावाद', 'ब्याक अफ इन्डिया', 'गो ब्याक इन्डिया', 'भारतीय हस्तक्षप बन्द गर्', 'भारतीय सेना फिर्ता गर्', 'लिम्पियाधुरा, लिपुलेक, कलापानी हाम्रो हो' लगायतका नारा लगाइएको थियो।

प्रदर्शनका क्रममा ज्ञापनपत्रको वाचन गरिएको थियो। लगत्तै उक्त ज्ञापनपत्र भारतीय कन्सुलेटमा बुझाइएको आयोजकले जनाएको छ।

प्रदर्शनमा नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, प्रवासी नेपाली एकता मन्च जर्मनीका संयोजक चन्द्रकान्त आचार्य, एनआरएनएन जर्मनीका अध्यक्ष हरी न्यौपाने तथा एनआरएनएआइसिसीका अध्यक्ष कुमार पन्तले मन्तव्य राखेका थिए।

सम्पूर्ण वक्ताहरुले भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोध, असमान सन्धी सम्झौताहरुको खारेजी र सबैखाले भारतीय ज्यादातीका विरुद्द बोलेका थिए। साथै नेपाल सरकारलाई पनि यस मुद्दालाई गम्भिरतापुर्वक लिदै आवश्यक कुटनीतिक पहलद्वारा समाधान गर्न खबरदारी सहित अनुरोध गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell