PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मिस वर्ल्डमा सहभागी हुन लण्डन उडिन् अनुष्का



मिस वर्ल्डमा सहभागी हुन लण्डन उडिन् अनुष्का
फोटो : अनुष्का श्रेष्ठको फेसबुक।

काठमाडौं : मिस नेपाल वर्ल्ड-२०१९ को विजेता अनुष्का श्रेष्ठ बुधवार लण्डन उडेकी छिन्। उनी बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुनको लागि त्यसतर्फ लागेकी हुन्।

लण्डन जाँदै गर्दा श्रेष्ठले फेसबुक पेजमार्फत भनेकी छिन्, 'राष्ट्रको आशा, सपना र साहस बोकेर हिड्नु एउटा अनुभव नै हो। मिस वर्ल्डको स्टेजमा विश्व माझ नेपालको महिमा प्रदर्शन गर्नमा म जोड दिनेछु।'

 

यसअघि अनुष्काले २४ जनालाई पछि पार्दै मिस नेपाल वर्ल्डको टाइटल जितेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell