PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे फेरि बने प्रधानमन्त्री



श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे फेरि बने प्रधानमन्त्री
फोटो: Dinuka Liyanawatte/Reuters

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतबाया राजपाक्षेले आफ्ना दाइ पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियक्त गरेका छन्।

गत शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनबाट गोतबाया राष्ट्रपतिमा निर्वाचित भएका थिए। बुधवार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंगेले नयाँ सरकार गठनका लागि राजीनामा दिएसँगै गोतबायाले आफ्नै दाजुलाई प्रधानमन्त्री बनाउँदै नयाँ मन्त्रिमण्डल गठन गरेका हुन्।

महिन्दा राष्ट्रपति हुँदा गोतबायाले रक्षा सचिवका रुपमा काम गरेका थिए। त्यसबेला श्रीलंकामा गृह युद्ध चलिरहेको थियो। राजपाक्षे दाजुभाइ सत्तामा रहँदा तमिल विद्रोहीलाई पराजित गरिएको थियो।

२०१५ मा राजपाक्षेलाई पराजित गर्दै मैत्रीपाला सिरिसेना राष्ट्रपति बनेका थिए। यद्यपि, गत वर्ष सिरिसेनाले विक्रमासिंगेलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्दै राष्ट्रपति बनिसकेका महिन्दालाई प्रधानमन्त्री बनाएका थिए। तर, अदालतले उनको निर्णयलाई असंवैधानिक घोषणा गरेपछि विक्रमासिंगे प्रधानमन्त्रीका रुपमा बहाल भएका थिए।

महिन्दा राजपाक्षे प्रधानमन्त्री बनेसँगै श्रीलंकाली राजनीतिमा फेरि राजपाक्षे परिवार हावी हुने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell