PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

श्रम शक्तिको उचित व्यवस्थापन नगर्दासम्म समृद्ध नेपालको सपना पुरा हुँदैन: नवनियुक्त श्रममन्त्री यादव

श्रम शक्तिको उचित व्यवस्थापन नगर्दासम्म समृद्ध नेपालको सपना पुरा हुँदैन: नवनियुक्त श्रममन्त्री यादव


काठमाडौं: नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम शक्तिको उचित व्यवस्थापन नगर्दासम्म संमृद्ध नेपाल, सुखी नेपालीको चाहना पुरा नहुने बताएका छन्।

आज सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गर्दै मन्त्री यादवले श्रम शक्तिको व्यवस्थापनमा अहिलेको मुल आवश्यकता भएको बताएका हुन्।

उनले विदेशमा पनि सीप भएका सक्षम युवालाई मात्र पठाउने बताए। मन्त्री  यादवले विदेश जाने क्रममा हुने बिसंगति र भ्रष्टाचारलाई रोक्ने वचन समेत दिए। यादवले भने, 'विदेश जादाँ हुने भ्रष्टाचार र बिसंगति सह्य हुँदैन। मेरो कार्यकाल यसैको विरुद्धमा काम हुनेछ।'



ट्रेन्डिङ पोस्ट

Ncell