PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

रजनीकान्तलाई 'आइकन अफ गोल्डेन जुब्ली अवार्ड'



रजनीकान्तलाई 'आइकन अफ गोल्डेन जुब्ली अवार्ड'
फोटो : The Hindu।

मुम्बई : दक्षिण भारतीय सुपरस्टार रजनीकान्त 'आइकन अफ गोल्डेन जुब्ली अवार्ड'बाट सम्मानित भएका छन्। उनलाई ५० औँ भारतीय अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दौरान सोबाट सम्मानित गरिएको हो

४ दशकबढी भारतीय सिनेमा क्षेत्रमा योगदान दिएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको बताइएको छ। उनले तमिल, तेलेगु, कनाडा, साउथ इण्डियनसँगै हिन्दी फिल्ममा पनि अभिनय गरेका छन्।

रजनीकान्तले १९७५ मा प्रदर्शनमा आएको तमिल फिल्म 'अपूर्व रागंगल' बाट फिल्मी करियर शुरु गरेका थिए। उनले तमिल, हिन्दी, तेलेगु लगायतका २ सय बढी फिल्ममा काम गरिसकेका छन्। 

रजनीकान्तले अवार्ड पाएसँगै खुसी हुँदै भारत सरकारलाई धन्यवाद दिएका छन्।

साथै रजनीकान्त अभिनित तथा एआर मुरुगदास निर्देशित फिल्म 'दरबार' को सुटिङ सुरु भएको छ। दरबारमा उनी पुलिसको अवतारमा देखिने चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell