PahiloPost

Jul 4, 2025 | २० असार २०८२

विवाहको २१ वर्षपछि अर्जुन रामपल र मेहर जेसियाको भयो डिभोर्स



विवाहको २१ वर्षपछि अर्जुन रामपल र मेहर जेसियाको भयो डिभोर्स
फोटो : DNA India।

मुम्बई : बलिउड अभिनेता अर्जुन रामपल र उनकी श्रीमती मेहर जेसियाको डिभोर्स भएको छ। उनीहरुको विवाह भएको २१ वर्षपछि डिभोर्स भएको हो

आपसी सहमतिमा फ्यामिली कोर्ट मुम्बईले उनीहरुलाई डिभोर्सको अनुमति दिएको हो। अर्जुन र मेहरका दुवै छोरी माहिका र मायरालाई आमा मेहरसँगै बान्द्रास्थित डुप्लेक्समा बस्न अदालतले आदेश दिएको छ।

अर्जुनले सन् १९९८ मा मेहरसँग विवाह गरेका थिए। गतवर्ष विवाह भएको बीस वर्ष पुरा भएसँगै उनीहरुले छुटिने घोषणा गरेका थिए।

जेसियासँग छुटिएपछि अर्जुन प्रेमिका ग्याब्रिएलासँग लिभिङ टुगेदरमा छन्। तर उनीहरुले विवाह भने गरेका छैनन्। विवाह नगरे पनि उनकी प्रेमिका ग्याब्रिएलाले छोरा एरिकलाई जन्म दिइसकेकी छिन्।

फोटो : iwmbuzz.com ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell