PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इन्टरनेटका कारण निस्क्रिय बन्दै किशोरकिशोरी : सबैभन्दा धेरै कोरियाली, ८३ प्रतिशत नेपाली 'टिनेजर' अल्छीको सूचीमा



इन्टरनेटका कारण निस्क्रिय बन्दै किशोरकिशोरी : सबैभन्दा धेरै कोरियाली, ८३ प्रतिशत नेपाली 'टिनेजर' अल्छीको सूचीमा
फोटो: coach.nine.com.au

पछिल्लो समय आधुनिक जीवनशैली र इन्टरनेटका कारण बालबालिकादेखि किशोर अवस्था उमेरका व्यक्तिहरु निस्क्रिय बन्दै गएको एक अध्ययनले देखाएको छ। हालै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले गरेको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो।

 विश्वका किशोरकिशोरी कति सक्रिय छन् भनी डब्लुएचओले अध्ययन गरेको थियो। जसमा सबैभन्दा अल्छी दक्षिण कोरियाको किशोरकिशोरी भएको देखाएको छ। ११ देखि १७ वर्षका उमेरकाबीच गरिएको उक्त अध्ययनअनुसार कोरियाका ७ प्रतिशतमात्र एक घन्टाभन्दा बढी क्रियाशिल देखिन्छन्। बाँकी भने एक घन्टा पनि सक्रिय नहुने अध्ययनमा देखियो।

यो अध्ययनमा बंगलादेश पहिलो नम्बरमा रहेको छ। यहाँका ३३ प्रतिशत यो उमेर समूहका व्यक्ति एक घन्टाभन्दा बढी सक्रिय रहेको अध्ययनले देखायो। यो सूचीमा नेपाल कम अल्छीको ६३ औं नम्बरमा परेको छ भने बढी अल्छी सूचीको ८४ नम्बरमा परेको छ। यो उमेरका १६.५ प्रतिशतमात्र एक घन्टा बढी सक्रिय रहेको तथ्याङ्क डब्लुएचओले जनायो।

बंगलादेशपछि स्लोभाकिया, आयरल्यान्ड र अमेरिकाका किशोरहरु एक घन्टाभन्दा बढी सक्रिय रहने देखिएको छ।

यसो हुनुमा आधुनिक जीवनशैली र इन्टरनेट प्रमुख कारण रहेको एक विज्ञलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ। बेलायतस्थित रोलय कलेज अफ पिडिएट्रिक्स एन्ड चाइल्ड हेल्थका अध्यक्ष एवं प्रोफेसर रसल भाइनरले भनेका छन्, 'जो बालबालिका धेरै सक्रिय रहन्छन् उनीहरुको शारीरिक स्वास्थ्य राम्रो हुन्छ र यो धेरैजसो स्कुलमा गरेको राम्रो।'
स्वास्थ्य जीवनका लागि बालबालिकादेखि किशोर उमेरकालाई हामीले अहिलेबाटै सक्रिय बनाउनुपर्ने प्रोफेसर रसलले बताए।

दक्षिण कोरियापछि फिलिपिन्स कम्बोडिया र सुडानका ९० प्रतिशत बढी किशोरकिशोर एक घन्टा पनि सक्रिय नरहेको देखाईएको छ।

स्वास्थ्य रहनका लागि यो समय उनीहरु सक्रिय रहनुपर्ने उमेर रहेकोमा यस्तो विषयमा समस्या देखिएपछि डब्लुएचओले अध्ययन थालेको थियो।

बालबालिका र किशोरहरु कम्तीमा दिनमा एक घन्टा सक्रिय रहनुपर्नेमा त्यो निकै कम रहेको पाइएको डब्लुएचओले जनाएको छ। अहिले विश्वभरका १९ प्रतिशत यस उमेरका व्यक्तिहरुमात्र सक्रिय छन्।

१६ लाखमा गरिएको यो अध्ययनमा बंगलादेशलेमात्र लक्ष्य प्राप्त गरेको रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell