PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संवैधानिक आयोगहरु नियन्त्रण गर्न सरकारले अध्यादेश ल्याउँदैछ, यो लोकतन्त्रविरुद्ध छ : पौडेल 



संवैधानिक आयोगहरु नियन्त्रण गर्न सरकारले अध्यादेश ल्याउँदैछ, यो लोकतन्त्रविरुद्ध छ : पौडेल 

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाउन नहुने बताएका छन्। पोखरामा आयोजित डेमोक्रेटिक लयर्स एसोसियसनको वार्षिक साधारणसभामा वरिष्ठ नेता पौडेलले अध्यादेश नियुक्ती हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए। 

पौडेलले भने,‘म सम्माननिय राष्ट्रपतिज्यूलाई आग्रह गर्न चाहान्छु। उहाँ यो संविधान अन्तर्गत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन।’ पौडेलले संवैधानिक परिषद गठनसम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालको विषेश महत्व रहेको बताए। उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको आरोपसमेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell