PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गुगल र फेसबुक मानवअधिकारका लागि खतरा: एमनेस्टी



गुगल र फेसबुक मानवअधिकारका लागि खतरा: एमनेस्टी

एमनेस्टी इंटरनेशनलले गुगुल र फेसबुकको बिजनेस मोडल मानवअधिकारका लागि खतरा भएको बताएको छ।

एक रिपोर्ट जारी गर्दै एमनेस्टीले गुगल र फेसबुकको प्रयोगबाट हुने 'अत्याधिक निगरानी' प्रति चिन्ता व्यक्त गरेको छ। यी कम्पनीहरुको प्लेटफर्म प्रयोगबाट मानवअधिकारलाई घाटाहुने अवस्था सिर्जना भएको रिपोर्टमा उल्लेख गरिएको छ।

५८ पृष्ठको रिपोर्टमा गुगुल र फेसबुको विजनेस मोडललाई 'अरबौं मानिसप्रति विश्वव्यापी निगरानी' गर्ने माध्यमका रुपमा व्याखया गरिएको छ।

यता, फेसबुकले भने इमनेस्टीको रिपोर्टमा असहमति व्यक्त गरेको छ। फेसबुकले आफ्ना प्लेटफर्म प्रयोगकर्ताहरुको मानवअधिकारको सुरक्षा गर्न सशक्त माध्यमहरु अपनाएको दाबी गरेको छ। गुगलले भने आफ्नो कम्पनी मानिसहरुको भरोसाको केन्द्र रहेको भन्दै प्रयोगकर्ताहरुको गोपनियताको सुरक्षा गर्नु आफूहरुको सबैभन्दा ठूलो दायित्व रहेको उल्लेख गरेको छ।

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell