PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

अजय देवगनको 'तानाजी' किन तानियो विवादमा?



अजय देवगनको 'तानाजी' किन तानियो विवादमा?

मुम्बई : बलिउड फिल्म 'तानाजी-द अनसङ वारियर'को ट्रेलर विवादमा फसेको छ। ट्रेलर सार्वजनिक भएसँगै अभिनेता अजय देवगन स्टारर फिल्म विवादमा फसेको हो
एनसिपीका नेता जितेन्द्र आव्हाडले फिल्ममा इतिहासलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै निर्माण टिमलाई आरोप लगाएका छन्। नेता आव्हाडले मराठी भाषामा ट्वीट गर्दै ट्रेलरको आलोचना गरेका छन्।

उनले लेखेका छन्, '‌ओम राउतले तानाजीमा इतिहासमै नभएको कुरालाई प्रस्तुत गर्नु भएको छ। यसलाई सकेसम्म चाँडो परिवर्तन गर्नुहोस्। यदि यसलाई धम्की सम्झिनु हुन्छ भने धम्की नै सही।'

 

ओम राउत निर्देशित यस फिल्ममा अजय देवगनसँगै काजोल र सैफ अली खानको मुख्य भूमिका रहेको छ। तानाजी २०२० जनावरी १० मा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell