PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तेस्रो नेपालभाषा साहित्य नख: सुरु



तेस्रो नेपालभाषा साहित्य नख: सुरु

काठमाडौं : नेपालभाषा साहित्य नख: सुरु भएको छ। नेपालभाषा टाइम्सले विगत तीन वर्षदेखि संचालन गर्दै आएको नख: यसपटक नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सुरु भएको हो।

यसपटक शुक्रवार र शनिवार गरी दुई दिन आयोजना हुन लागेको नख: ले नेपालभाषा साहित्यलाई जीवन्त राख्न सहयोग गर्ने विश्वास लिइएको छ।

पहिलो दिन शुक्रवार वरिष्ठ साहित्यकार मथुरा सायमिको आत्मकथा 'सायमि जि मथुरा', भूषण श्रेष्ठको गजल संग्रह ' नुग:याल गुनगुन', राजेन्द्रकुमार पुताको गजल समालोचना, राज सायमिको जासुसी उपन्यास 'तुयुगु अज:' लगायतका किताबहरु विमोचन गरिएका थिए।

यस्तै, रञ्जना लिपिको पुनरुत्थानबारे अन्तर्क्रियाका साथै रञ्जना लिपिमा क्यालिग्राफी समेत गरिएको थियो। नख: को अवसरमा जनकवि दुर्गालाल श्रेष्ठ, रेखा शाक्य, रोनिका श्रेष्ठ लगायतले नेपालभाषामा साहित्यिक रचना पाठ गरेका थिए।

जनकवि श्रेष्ठले सीमा अतिक्रमण बारे कविता प्रस्तुत गरेका थिए।

साँझ हास्यव्यंग्य प्रहसन प्रस्तुत गरेर नख: समापन भएको थियो।

शनिवार मथुरमा सायमिको साहित्यिक यात्राबारे अन्तर्क्रिया गरिनुका साथै भाषा र साहित्यको विकासमा संकिपा (चलचित्र) को भूमिका बारेमा छलफल हुनेछ। यस्तै नेपालभाषामा साहित्यिक रचना, सांगीतिक प्रस्तुती गरिनुका साथै तीनवटा नाटक 'हप्पु स्याप्प, यमराजया मम: र पराकम्प' प्रस्तुत गरेर नख:को समापन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell