PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

 उपनिर्वाचन हुने ३७ जिल्लामा गृहको उर्दी : मंसिर १० गतेभित्र हतियार बुझाउनु



 उपनिर्वाचन हुने ३७ जिल्लामा गृहको उर्दी : मंसिर १० गतेभित्र हतियार बुझाउनु

काठमाडौँ : गृह मन्त्रालयले उपनिर्वाचन हुने सबै जिल्लाका सबै नागरिकलाई समयमै नजिकको प्रहरी चौकीमा हतियार बुझाउन आग्रह गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन गृहले आज आग्रह गरेको हो। 

मन्त्रालयले सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो। 

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell