PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

उपप्रधानमन्त्री यादव भन्छन् : सरुवा हुँदा दु:खी नि छैन, हर्षित नि छैन



उपप्रधानमन्त्री यादव भन्छन् : सरुवा हुँदा दु:खी नि छैन, हर्षित नि छैन

काठमाडौं : स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर कानुनमा आइपुगेका उपप्रधानमन्त्री उपेन्द्र यादवले यो विषयलाई सामान्य रुपले लिएको बताएका छन्। सोमबार सिंहदरबारस्थित कानुन मन्त्रालयको सचिवालयमा छोटो प्रतिक्रिया दिँदै यादवले उक्त भनाई राखेका हुन्।

मन्त्रालय परिवर्तन भएको छ, यसलाई कुन रुपमा लिनुभएको छ? प्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले भने, 'यसलाई सामान्य रुपमा लिएको छु। कुनै दु:ख पनि छैन। कुनै हर्ष पनि छैन।'

भावी दिनमा संविधान संशोन र परिमार्जनका कुरालाई प्राथमिकतामा राखेर अघि बढ्ने यादवले बताए। 'संविधान संशोधन र परिमार्जनका कुरा छ। पुराना पञ्चायतकालीन कानुनहरु, पछि बनेका कानुनहरु जो संघीय प्रणालीअनुसार मेल खाँदैन। त्यस्ताहरुलाई संशोधन परिमार्जन गर्नुपर्ने छ,' मन्त्री यादवले भने, 'परिवर्तिन नयाँ परिवेशअनुसार आवश्यक पर्ने कानुनहरुको तर्जुमामा सहयोग गर्ने मेरो योजना छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन मन्त्रालय पुर्‍याएका थिए। एक कार्यक्रममा यादव दिल्लीमा रहेका बेला बुधवार मन्त्रिमण्डल हेरफेर गरिएको थियो। शुक्रवार साँझ काठमाडौं आइपुगेका उपप्रधानमन्त्री यादव आज दिउँसो मन्त्रालय पुगी कार्यभार सम्हालेका हुन्।

कार्यभार सम्हाल्दै उनले आफूलाई प्रधानमन्त्री ओलीले धेरै माया गरेको धारणा राखेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell