PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्री अस्वस्थ भएपछि उपाधि विजेता महिला खेलाडीलाई अर्थमन्त्रीबाट यसरी गरियो सम्मान

प्रधानमन्त्री अस्वस्थ भएपछि उपाधि विजेता महिला खेलाडीलाई अर्थमन्त्रीबाट यसरी गरियो सम्मान


काठमाडौं : बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल उपाधि विजेता नेपाली टोलीलाई सरकारले एक कार्यक्रमबीच सम्मान गरेको छ। आज प्रज्ञा प्रतिस्ठानमा अर्थमन्त्री युवराज खतिवडाले च्याम्पियन बनेको भलिबल टोलीलाई सम्मान गरेका हुन्।

कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा आयोजना हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई शुभकामनासमेत दिए।

पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सम्मान र सम्बोधन गर्ने भनिएको भएपनि प्रधानमन्त्री अस्वस्थ भएकाले अर्थमन्त्री खतिवडालाई पठाइएका थियो।



ट्रेन्डिङ पोस्ट

Ncell