PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अप्रेशनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर



अप्रेशनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर
फाइल फोटो।

काठमाडौं : 'एपेन्डिसाइटिस'को अप्रेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

मनमोहन कार्डियोथेर्रासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रा डा उत्तम कुमार श्रेष्ठले एक विजप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन्।

प्रधानमन्त्रीलाई निरन्तर निगरानीमा राखिएको उक्त विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलवार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो।

स्वास्थ्य परिक्षणका क्रममा एपेन्डिसाइटिस भएको देखिएपछि आजै अप्रेशन गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell